site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीअन्तर्गतका आयोजनाको कार्यन्वयन सुरु

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । यससँगै नेपालमा एमसीसीअन्तर्गतका आयोजना तथा कार्यक्रमहरुको औपचारिक सुरुआत भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी ‘लेटर अफ एक्सचेन्ज’ गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज भएको थियो ।

यससँगै नेपाल र एमसीसीको संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यन्वयन सुरु भएको छ ।

प्रतिनिधिसभा (संसद्)ले २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता बहुमतले अनुमोदन गरेको थियो । सोही सम्झौताअनुसार पूर्वाधार विकास आयोजनाको औपचारिक कार्यन्वयन मंगलबारदेखि सुरु भएको हो ।

संसद्ले अनुमोदन गरेदेखि २०८० भदौ १२ गतेसम्म पूर्वतयारीको चरणमा रहेको एमसीसीअन्तर्गतका कार्यक्रम मंगलबारदेखि कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् ।

सम्झौताअनुसार आयोजना निर्माणको कार्य औपचारिक रुपमा कार्यन्वयनमा आएको दिनदेखि पाँच वर्षभित्र सबै कार्यहरु सम्पन्न गर्नुपर्ने हुन्छ । एमसीसीको पाँचवर्षे अवधिको गणनाा मंगलबारदेखि सुरु भएको छ ।

यस विकास कार्यक्रममा अमेरिकी एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर (६६ अर्ब रुपैयाँ) अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर (२६ अर्ब) लगानी रहेको छ ।

यस कार्यक्रमको उद्देश्य आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपाल र यस क्षेत्रको ऊर्जा व्यापारलाई सहजीकरण गर्नु रहेको छ । एमसीसीको सहयोगमा निर्माण गर्न लागिएकामा राष्ट्रिय गौरवका विद्युत् प्रसारण लाइन र सडक मर्मत गरी दुईवटा आयोजनाहरु रहेका छन् ।

कैयौँ वर्षको तयारीपछि नेपाल तथा एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भएको थियो ।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु प्रमुख तथा कार्यकारी अधिकृत जोनाथन नाशले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन डिजाइन गर्न तथा निर्माण गर्नमा केन्द्रित हुनेछ । यसले नेपालका विभिन्न नदी क्षेत्र तथा विद्यमान उच्च क्षमतायुक्त ग्रिडबीच भइरहेको जोडाइको अभावलाई सम्बोधन गर्नेछ ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इन्डोर ग्यास इन्सुलेटेड सब–स्टेसन निर्माण गरिनेछ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेसन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेसन निर्माण गरिनेछ ।

निर्माणाधीन प्रसारण लाइन काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब–स्टेसनहरूमा पनि जोडिनेछ । आयोजनाअन्तर्गत पाँच करोड ४९ लाख अमेरिकी डलरको लगानीमा सडक मर्मत आयोजना सञ्चालन गरिनेछ ।

एमसीए–नेपालका अनुसार यसको उद्देश्य सडक विभागको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा १३० किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro