site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसिया कप सुरु हुनुअघि बंगलादेशलाई झट्का

काठमाडौं । एसिया कपको प्रतिस्पर्धामा रहेको बंगलादेशलाई झट्का लागेको छ । आजदेखि पाकिस्तानमा सुरु हुँदै गरेको प्रतियोगितामा बंगलादेशका विकेटकिपर लिट्टन दास नखेल्ने भएका छन् ।

लिट्टनको स्वास्थ्यमा समस्या आएपछि उनी एसिया कप खेल्न नसक्ने भएका हुन् । उच्च ज्वरो आएको कारण उनी पहिलो खेल खेल्न श्रीलंका जान नसक्न बताइएको छ ।

Argakhachi Cement Island Ad

लिट्टनको स्थानमा अब अनामुल हक विजयलाई राखिएको छ । ४४ वटा एक दिवसीय खेल खेलेका विजयले एक हजार २५४ रन बनाएका छन् ।

एसिया कपअन्तर्गत बंगलादेश र श्रीलंकाबीचको पहिलो खेल बिहीबार हुँदै छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्