site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्लीमा हुने जी–२० सम्मेलनमा पुटिन सहभागी नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो महिना सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी–२० को सम्मेलनमा सहभागी नहुने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस वर्ष भारतले आयोजना गरिरहेको शिखर सम्मेलनमा पुटिनले आफ्नो तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी हुने बताएका छन् ।

दुई नेताले आपसी हित एवं क्षेत्रीय र विश्वव्यापी मुद्दामा पनि छलफल गरेको बताइएको छ । रुस सरकारका प्रवक्ताले गत हप्ता पुटिन व्यस्त कार्यतालिका कारण शिखर सम्मेलनमा सहभागी नहुने भनेका थिए ।

Global Ime bank

जी–२० विश्वका १९ धनाढ्य मुलुक र युरोपियन युनियन समावेश छ । यसको अध्यक्ष प्रत्येक वर्ष फरक सदस्य राष्ट्र हुन्छ र सोहीले सम्मेलनको आयोजना गर्छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय