site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा कुनै लेनदेन भएको छैन, विश्वासको मत दिने चरण समाप्त भइसक्यो : लिङ्देन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्वको विषयलार्ई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

यूएई र साउदी अरबको भ्रमणबाट स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसीमा सभामुख र मन्त्री प्राथमिकताको विषय नभएको र राप्रपाले चाहे सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था रहेको उनको जिकिर थियो । यसअघि नै गठबन्धनमै पनि वाग्मती र कोसीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनको भनाइ छ ।

त्यस्तै, उनले कोसी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् । अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गरे ।

Global Ime bank

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दु राष्ट्र देशको आवश्यकता रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय