site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीको व्याख्यात्मक टिप्पणीमा प्रश्न उठ्यो : माधव नेपाल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् । 

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एमसीसीको व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेकाले समितिमा छलफल हुनुपर्ने बताए । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्या देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सीमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीकारूपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताए ।

"राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषयहरू छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ," नेपालले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro