site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनमा निर्जीवन बिमा कम्पनीले गरे तीन अर्ब ९८ करोडभन्दा बढी बिमाशुल्क आर्जन

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा दुई लघु बिमासहित १६ निर्जीवन बिमा कम्पनीले साउनमा तीन अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार साउनमा दुई लाख १३ हजार ८०३ बिमालेख जारी गरी उक्त बिमाशुल्क आर्जन भएको छ ।

प्राधिकरणका अनुसार माइक्रो इन्स्योरेन्सअन्तर्गत नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले भने ९५ हजार रुपैयाँको २५ वटा बिमालेख बिक्री भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्सले १७ बिमालेख बिक्रीबापत ६३ हजार र प्रोटेक्टिभ माइक्रो इस्योरेन्सले आठ बिमालेख जारी गरी २३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको हो ।

सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ५५ करोड १५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बिमाशुल्क आर्जन गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । यो कम्पनीले साउनमा १४ करोड १९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

रिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३४ करोड ३७ लाख, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख, आईजीआई प्रुडेन्सियलले ३० करोड ४० लाख, राष्ट्रिय बिमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, प्रभुले २५ करोड ६ लाख, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड आठ लाख रुपैयाँ, दि ओरेन्टियल  इन्स्योरेन्सले २० करोड ७२ लाख, नेसलन इन्स्योरेन्सले १९ करोड ६० लाख र सानिमा जीआईसी इन्स्योरेन्सले १७ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।  

हाल १४ निर्जीवन बिमा कम्पनी र दुईवटा निर्जीवन लघु बिमा कम्पनी सञ्चालनमा रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro