site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...त्यसपछि १० मिनेट अवरुद्ध भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे १० मिनेट अवरुद्ध भएको छ ।

श्री एयरलाइन्सको नेपालगञ्जबाट आएको फ्लाइट नम्बर ४३४ जहाजले विमानस्थलमा अवतरण गर्दै थियो । जहाज ३ः१० बजे विमानस्थलमा अवतरण गर्‍यो । अवतरणलगतै ‘सस्पेक्टेट बर्ड हिट’ (सम्भावित चरा ठोक्किएको) भनेर विमानस्थललाई रिपोर्ट गर्‍यो । त्यसपछि विमानस्थलको रनवे चेक गर्ने गाडी (भेइकल) रनवेमा पठाइयो ।

रनवे चेक गर्न करिब १० मिनेट लाग्यो । त्यस समयमा जहाज अवतरणमा अवरुद्ध भयो । रेनवे चेक गरेलगत्तै ३ः२० बजेबाट विमानस्थल सञ्चालनमा आएको थियो । 

रनवे चेक गर्दा परेवाजस्तै चरा भेटिएको छ । यद्यपि जहाजमा चरा ठोक्किएको निसाना र कुनै प्रकारको क्षति भएको छैन । इन्जिनियरहरूले जहाजको सबै इन्जिन चेक गरेर विमानस्थललाई रिपोर्ट दिएपछि चरा ठोक्किएको हो वा होइन भन्ने कुरा थाहा हुने विमानस्थलको प्रवक्ता सुवास झाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro