site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको रोजाइ यूएई, कतार, साउदी र मलेसिया
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही महिनाको तुलनामा गत साउनमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार २०८० साउन महिनामा ५५ हजार ५७५ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् ।

KFC Island Ad
NIC Asia

श्रम स्वीकृति लिनेमध्ये ४७ हजार ८५० जना पुरुष र सात हजार ७२५ जना महिला रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को साउनमा ६३ हजार ३९ जना वैदेशिक रोजगारीमा गएका थिए । जानेमध्ये ५६ हजार ७९७ जना पुरुष र ६ हजार २४२ जना महिला रहेका थिए ।

Royal Enfield Island Ad

गत असार महिनाको तुलनामा साउन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको छ । २०८० असारमा ५५ हजार २९९ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका थिए ।

२०८० साउनमा सबैभन्दा बढी क्रमशः युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र मलेसिया जान श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार उक्त महिना यूएई जान ११ हजार ८७८, कतार जान १० हजार ५६१, साउदी जान १० हजार ३० जना र मलेसिया जान ९ हजार २६८ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत साउन महिनामा ९३ देशमा जान नेपालीले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमध्ये ७५.१० प्रतिशतले यूएई, कतार, साउदी र मलेसिया रोजेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro