site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हाम्रो पार्टीको उपस्थितिले कतिपयको निद हराम भयो : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकामा नेकपा (एमाले) आतंकित बनेको टिप्पणी गरेका छन् । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेको उनको जिकिर छ । एमालेप्रति इंगित गर्दै उनले राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चालगायत स्थानमा आफ्नो पार्टीको उपस्थिति अनिवार्य बनेकाले कतिपयको निद हराम भएको बताए । आफूहरू विध्वंसक नभएको भन्दै उनले आतंकित नहुन आग्रह गरे ।

Argakhachi Cement Island Ad

“हामीले हाम्रो देशको राजनीतिमा आफ्नो औचित्यतालाई पुष्टि गरेका छौँ कि छैनौँ ? म दावाका साथ भन्छु– चाहे समाजवादी मोर्चा, चाहे राष्ट्रिय गठबन्धनको कुरा गरौँ, जुनसुकै ठाउँमा हाम्रो पार्टीको उपस्थिति अनिवार्य, अपरिहार्य बनिरहेको हुनाले कतिपयको निद हराम भएको छ,” उनले भने, “हाम्रो पार्टीको विस्तार होला भनेर आतंकित पनि भएका छन् । ती आतंकित भएकाहरूलाई भन्न चाहन्छु– धेरै आतंकित नहुनुस्, हामी विध्वंंसक शत्रु होइनौँ, हामीलाई शत्रु ठान्नुपर्ने केही आवश्यकता छैन । हामी त शत्रु ठान्दैनौँ । हामी तपाईंको गलत प्रवृत्तिलाई मात्रै इंगित गरिरहेका छौँ । सुधार गर्नुहोस्, तपाईंहरूको रवैयाले कम्युनिस्ट आन्दोलन ओरालो लागेको छ । तपाईंको रवैयाले नेपाली राजनीतिमा निराशा पैदा भएको छ । तपाईंको रवैयाले नै वास्तवमा जनतामा राजनीतिप्रति वितृष्ण बढिरहेको छ ।”

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एक ठाउँमा ल्याएर नेपालमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सकिने उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्