देश
काठमाडौं । धनुषाको जनकपुरमा शनिबार भारी वर्षा मापन गरिएको छ । जनकपुर एयरपोर्ट वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने साना खोलाहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
“भदौ ९, दिउँसो १ः०० बजे । पछिल्लो तीन घण्टामा धनुषाको जनकपुर एयरपोर्ट वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहोला,” महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १७:०७
प्रतिक्रिया दिनुहोस्