site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भिजन लुम्बिनीलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ३८ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३८ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्ने छ । त्यसपछि मात्र सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ निष्कासन गर्नेछ ।

यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro