विदेश

काठमाडौं । पाकिस्तानको दक्षिण सिन्ध प्रान्तको थट्टा जिल्लामा भ्यान र ट्रक ठोक्किँदा सातजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् ।
थट्टा जिल्लाको झिरक क्षेत्र नजिकै विपरीत दिशाबाट आउँदै गरेको ट्रक र भ्यान सडकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । केही गम्भीर घाइतेहरूलाई अर्को अस्पतालमा रिफर गरिएको छ । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्