site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘विमान दुर्घटनामा मारिएका’ येभगेनी प्रिगोजिन को हुन् ?

काठमाडौं । बुधबार रुसमा भएको विमान दुर्घटनामा निजी सेना कम्पनी वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन पनि मारिएको आशंका गरिएको छ ।

रुसको उड्यन एजेन्सी रोसाभिएट्सियाले उक्त विमानमा सवार १० जनामध्ये प्रिगोजिन पनि भएको जनाएको छ ।

दुर्घटना भएको उक्त विमान ब्राजिलियन कम्पनी इम्ब्रियरको लेगेसी ६०० मोडेलको आरए–०२७९५ टेल नम्बरको भएको बताइएको छ ।

मस्कोटबाट सेन्ट पिटर्सबर्गका लागि उडेको उक्त विमान टभर क्षेत्रको कुजेनकिनो गाउँ नजिक दुर्घटना भएको हो ।

अन्तिम ३० सेकेण्डमा करिब २८ हजार फिटको उचाइबाट अचानक झर्नुअघि विमानमा कुनै समस्या नदेखिएको रोयटर्सले उल्लेख गरेको छ ।
दुर्घटनाग्रस्त विमानबाट १० जनाकै शव निकालिएको बताइएको छ । तर, अहिलेसम्म प्रिगोजिनको मृत्यु भएको पुष्टि भइसकेको छैन ।

उक्त विमानमा वाग्नरका अर्का वरिष्ठ अधिकारी दिमित्री उत्किन पनि सवार रहेको भनिएको छ ।

को हुन् येभगेनी प्रिगोजिन ?
वर्षाैंसम्म ठूलो चर्चामा नआएका प्रिगोजिन सोभियत संघको विघटनपछिको रुसी अर्थतन्त्रको उतारचढावमा धनी हुँदै गएका थिए ।

तर, रुसले युक्रेनविरुद्ध सुरु गरेको युद्धमा वाग्नर ग्रुपको विशेष संलग्नताले उनलाई चर्चामा ल्याएको थियो ।

युक्रेन युद्धमा रुसी सेनाको गतिविधि र वाग्नरविरुद्ध नै कारबाही गरेको भन्दै गत जुन २३ मा प्रोगोजिनकै नेतृत्वमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताविरुद्ध सशस्त्र विद्रोह भएको थियो ।

सैन्य विमानलाई खसालेर रुसी सेनालाई मारेर वाग्नर मस्कोतर्फ अघि बढेको थियो ।
तर, केही घण्टामै बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको मध्यस्थतामा भएको सम्झौताले विद्रोह रोकिएको थियो ।

सम्झौतापछि प्रिगोजिनविरुद्ध आपराधिक आरोप हटाइएको थियो भने उनी बेलारुस गएका थिए । पुटिनले त्यतिबेला एक भाषणमा ‘देशद्रोहको बाटोमा भएकाहरू दण्डित हुने’ भनेका थिए ।

त्यसपछि प्रिगोजिनको भविष्य अस्पष्ट थियो । तर, त्यसयता लो प्रोफाइलका रूपमा नबसेका प्रिगोजिनले सेन्ट पेटर्सवर्गदेखि यसै हप्तामात्रै अफ्रिकाबाट पनि दमदार भाषण गरेको भिडियो सार्वजनिक गरेका थिए ।

विमान दुर्घटनाको कारण अझैं सार्वजनिक भएको छैन । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले सामाजिक सञ्जाल एक्समा पुटिनले कसैलाई माफी नगर्ने भन्दै सन् २०२४ को चुनावअघि वफादार नहुनु मृत्यु जस्तै हुने भनेर टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनापछि “मलाइ के भएको हो भन्ने तथ्य थाहा छैन । तर, म आश्चर्यचकित छैन । रुसमा पुटिन संलग्न नभएका घटनाहरू कमै हुन्छन् तर मसँग पर्याप्त जवाफ छैन्,” भन्दै प्रतिक्रिया दिएका छन् ।

‘क्याटरिङ’ देखि ‘वारलर्ड’
सेन्ट पिटर्सवर्गमा हुर्किएका प्रिगोजिन र पुटिनबीचको सम्बन्ध १९९० को दशकदेखिकै हो ।

जालझेल र डकैतीमा ९ वर्षको जेल सजाय बिताएर प्रिगोजिन बाहिरिएपछि दुवैको भेट भएको बताइन्छ ।

जेलबाट आएपछि उनी क्याटरिङ व्यापारमा छिरेका थिए । पुटिन आफ्नो जन्मदिन, पार्टीदेखि अमेरिकी राष्ट्रपति जर्ज बुश र फ्रान्सका राष्ट्रपति ज्याक शिराकको आएका बेला पनि प्रिगोजिनबाटै भोजको व्यवस्था गराउँथे ।

मस्को टाइम्सले एक पटक प्रिगोजिनलाई पुटिनको ‘पर्सनल सेफ’ नै भनेको थियो ।

प्रिगोजिनले पछि रुसी विद्यालय र सेनाका लागि समेत खानपानको ठेक्का पाउँथे । सन् २०१० मा उनले पुटिनलाई आफ्नो खाना प्रोसेसिङ उद्योगको भ्रमण गराएका थिए ।

बढ्दो व्यापारिक साम्राज्यकाबीच क्रेमलिनको आन्तरिक सर्कलमा प्रिगोजिन पर्न थालेका थिए । तर, सन् २०१४ मा पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसको समर्थनमा चर्किएको पृथकतावादी आन्दोलनका बेला उनी कुलिन धनाढ्यबाट ‘वारलर्ड’ अथवा लडाकु कमान्डरका रूपमा उदाएका थिए ।

प्रिगोजिनले त्यसै वर्ष निजी लडाकु समूहको स्थापना गरेका थिए । तर, उनले पछिल्लो युक्रेन युद्धअघिसम्म यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

युक्रेनमा मात्रै नभएर वाग्नर लडाकु रुसको हितमा मध्य अफ्रिकी रिपब्लिक, सुडान, मोजाम्बिक, माली, युक्रेन र सिरियामा लड्दै आएको छ ।

प्रिगोजिनको व्यापार सम्राज्य भान्सा र युद्ध मैदानसम्म मात्रै सीमित रहेन उनले सन् सेन्ट पेटर्सबर्गमा इन्टरनेट रिसर्च एजेन्सी (आईआरए) खोले ।

यसबाट उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको आरोप छ । अमेरिकाले आईआरएलाई सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण थालेसँगै प्रिगोजिनको नेतृत्वमा वाग्नर ग्रुपमा बढी तलब दिइने भनेको लोभमा कयौं लडाकु भर्ति भएका थिए ।

वाग्नरको सेनाले सोलेदार र बाख्मुटको कब्जामा भिषणयुद्ध लडेका थिए । यसबीच कुनैबेला क्यामेरामा आउन लजाउने प्रिगोजिन रातारात सोसल मिडियाबाट ‘स्टार’ बनेको थिए ।
रुसी सरकारी सेना अव्यवस्था र अवरोधमा पर्दा वाग्नर समूहले भने उपलब्धि मुलक जित हात पारेको थियो ।

अन्यौलमा पुटिन
आफ्नै लडाकुको ज्यानको पर्वाह नगर्ने भनिएका प्रिगोजिनको अवैध र खतरनाक लडाँइ रणनीतिले ठूलो संख्यामा सैन्य क्षति निम्त्याएको ठानिएको छ ।

उनले आफ्ना आवश्यकताहरूका लागि लबिङ गर्न सामाजिक सञ्जालको प्रयोग गरिरहेका थिए र क्रेमलिनको सैनिक भन्दा आफूलाई सशक्त र निर्दयी देखाउन खोजिरहेका थिए ।

पछिल्ला महिनाहरूमा रुसी सेनाको चर्काे आलोचक बनेपछि प्रिगोजिन पुटिनका लागि अन्यौल एवं दुविधा बनेका थिए ।

गत मेको एक भिडियोमा उनले आफ्नो पछाडि मृत लडाकु देखाउँदै रुसी रक्षा मन्त्री र सेना प्रमुखको चर्काे आलोचना गरेका थिए ।

क्रेमलिनबाट लड्नका लागि पर्याप्त सहयोग नपाएको भन्दै उनले गत मेमा बाख्मुटबाट आफ्नो सेना फिर्ता ल्याउने घोषणा गरेका थिए ।

त्यसपछि जुनमा उनले रुसमा सशस्त्र विद्रोह गरेका थिए जसलाई उनी निकै टाढा जान खोजिरहेको संकेतका रूपमा हेरिएको थियो।

पुटिनले वाग्नरको यो कदमलाई देशद्रोह भनेका थिए । “यो हाम्रो देश र जनताको ढाडमा छुरा प्रहार हो,” पुटिनले भनेका थिए ।

प्रिगोजिनले “हामी हाम्रो माृतभुमिका देशभक्त हौं । लड्यौं र लडिरहेका छौँ,” भन्दै पुटिन गल्तीमा भएको प्रतिक्रिया दिएका थिए

प्रिगोजिन मारिएको भनिएको घटनामा अहिलेसम्म क्रेमलिन मौन छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro