site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

काठमाडौं । रोमाञ्चक सेमिफाइनलमा सिनसिनाटीलाई पेनाल्टी सुटआउटमा हराउँदै मेजर लिग सकर क्लब इन्टर मियामी फाइनलमा प्रवेश गरेको छ ।

सिनसिनाटीको मैदान टीक्यूएल रंगशालामा खेलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएको थियो । त्यसपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा घरेलु टिमविरुद्ध ५–४ को जित निकाल्दै मियामीले फाइनलमा स्थान निश्चित गर्‍यो ।

Dabur Nepal
NIC Asia

पेनाल्टीमा इन्टर मियामीका कप्तान लियोनल मेसी, फाकुन्डो फारिएस, डेभिड रुइज, जोसेफ मार्टिनेज र बेन्जामिन क्रेस्मास्चीले गोल गरे । सिनसिनाटीका युया कुबो, सान्टीगो एरिएस, सर्जिओ सान्टोस र म्याट मिएज्गाले गोल गरे । सिनसिनाटीबाट अन्तिम प्रहारका लागि आएका निक ह्यागलड गोल गर्न चुकेपछि मियामी क्लब इतिहासकै दोस्रो उपाधिनजिक पुगेको हो ।

त्यसअघि, २–० ले पछि परेको अवस्था उल्टउँदै मियामीले खेललाई पेनाल्टीसम्म पुर्‍याएको थियो ।

१८औँ मिनेटमा लुसिएनो एकोस्टाले गोल गर्दै सिनसिनाटीलाई अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा ब्रान्डन भाजक्युजले गोल गर्दै सिनसिनाटीको अग्रता दोब्बर पारे ।

६८औँ मिनेटमा लिएन्ड्रो क्याम्पानाले गोल गर्दै मियामीलाई २–१ को अवस्थामा ल्याए । इन्टर मियामीबाट इन्ज्युरी समयमा क्याम्पानाले नै गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९३औँ मिनेटमा जोसेफ मार्टिनेजले गोल गर्दै मियामीलाई ३–२ को अग्रतामा राखेका थिए । तर, ११४औँ मिनेटमा युया कुबोले गोल गर्दै सिनसिनाटीलाई खेलमा फर्काएपछि नतिजाको निर्णयका लागि पेनाल्टी सुटआउटको आवश्यकता परेको हो ।

मेसीको आगमनयता शतप्रतिशत नतिजा निकालेको मियामीले यसअघि क्लब इतिहासकै पहिलो उपाधिका रूपमा लिग्स कपको उपाधि जितेको थियो । लिग्स कपको उपाधि जित्दा १० गोल गरेका अर्जेन्टिनी कप्तान लियोनल मेसी प्रतियोगिताकै उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro