site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनामा साढे २३ करोडको सिमेन्ट तथा क्लिंकर भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनमा २३ करोड ४९ लाख ८९ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ ।

भन्सार विभागका अनुसार साउनमा ३५ हजार ३१५ टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको हो ।

विभागका अनुसार २५ हजार ७४२ टन क्लिंकर र नौ हजार ५७२ टन तयारी सिमेन्ट भारत निर्यात भएको हो ।

गत वर्षको अन्त्यसम्म ७७ करोड ९३ लाख रुपैयाँको १० लाख चार हजार २३ मेट्रिक टन क्लिंकर तथा सिमेन्ट निर्यात भएको थियो ।

सरकारले सिमेन्ट निर्यातमा सहुलियत दिएसँगै गत वर्षदेखि पाल्पा, अर्घाखाँची र बालाजु गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro