site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी होइन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी नभएको दाबी गरे ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने दाबी गरे ।

Dabur Nepal
NIC Asia

“यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा (एमाले)लाई चाहिन्छ,” उनले भने ।

अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे ।  साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे ।

“उच्चपदस्थ संलग्न छन् भने कारबाहीको दायरमा आउनुपर्छ भन्यौं । सीआईबी र हाम्रो पार्टीबीच अविश्वास गर्ने कुरा भयो । त्यसमा खेद छ । हामी राज्यको प्र्रत्येक निकायमा विश्वास गर्छौं । जब ठूला समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ त्यसैले समितिको माग गरेका हौं । अदालतप्रति अगाध विश्वास छ अख्तियारप्रति पनि । राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न दिइएको छैन । हामी स्वतन्त्र छानबिनको पक्षमा छौँ,” उनले भने ।

एमालेको माग बमोजिम समिति बनाएकोमा उनले सरकारसहित सबै दललाई धन्यवाद दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro