site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सांसदले फेरि गरे वेल घेराउ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार (असार १) पनि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ रास्वपा र राप्रपाका सांसदले अवरोध गरेका हुन् ।

सभामुखले आकस्मिक समयमा बोल्न नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई समय दिए । त्यसपछि रास्वपा सांसद वेल घेराउ गर्न पुगेका छन् । रास्वपाका सांसदले नाराबाजी गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिजिट भिसा प्रकरणमा छानबिन आयोग वा समिति बनाउनुपर्ने उनीहरूको माग छ । गएको शुक्रबार (जेठ ३०)को बैठकमा पनि रास्वपा सांसदले वेल घेराउ गरेका थिए । राप्रपा सांसद भने गृहमन्त्री रमेश लेखकले जवाफ दिँदासम्म उभिएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्षसँग दुईबुँदे सहमति गरेर अवरोध नगर्न तयार भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्