site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको सबैभन्दा जेठो हात्ती रहेन
फाइल तस्बिर : रोयटर्स ।
SkywellSkywell

गुवाहाटी । भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढोमध्येको एक हो ।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा सो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताए ।

Dabur Nepal
NIC Asia

सन् १९४० मा एक बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुलीप्रसाद नामको सो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो ।

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । बिजुलीप्रसादको सोमबार बिहान मृत्यु भएको हो ।

पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुन सक्ने सरमानको अनुमान छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu