site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से साढे १७ अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज १७.६९ अंकले बढेर नेप्से २०१५.९८ को विन्दुमा पुगेको छ ।

आज २७७ धितोपत्रको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले बढेर ३८५.९८ बिन्दुमा पुगेको छ ।

आज सबै १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली छाएको छ । १३ वटै उपसमूहको समूहगत सूचक बढ्दा फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ ।

आज कुथेली बुखरी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.४२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro