अर्थ व्यवसाय

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपाल (आओन)को आयोजनामा ‘१०औँ संस्करणको एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ ।
क्याम्पेनमा दुईदिन ह्युमन फ्याक्टर र दुईदिन एभिएसन सेफ्टीको बारेमा प्रशिक्षण दिइने संघका महासचिव मनोज कार्कीले बताए ।
संघले प्रत्येक वर्ष क्याम्पेन आयोजना गर्दै आएको छ । क्याम्पेनमा विभिन्न वायुसेवा कम्पनीको कर्मचारीहरूको सहभागिता रहने छ । यस क्याम्पेन चारदिनसम्म चल्ने छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १८:२३
प्रतिक्रिया दिनुहोस्