site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७०० सदस्यीय केन्द्रीय समिति, ५० पदाधिकारी हुने

काठमाडौं । ०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा गर्न लागिएको हो ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् । पार्टी अध्यक्ष सीके राउत र रञ्जिता चौधरी सह–अध्यक्ष रहनेछन् ।

नाउपाका नेता रामलाल डगौराका अनुसार, ७०० सदस्यीय केन्द्रीय समिति बन्नेछ । दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिनेछन् । पदाधिकारी भने टुंगिन बाँकी छ ।

उनका अनुसार, पार्टीका पदाधिकारी ५० सदस्यीय रहनेछ । दुवै पार्टीका २५–२५ जना पदाधिकारी रहनेछन् । ०७९ को निर्वाचनबाट सदनमा अस्थित्व बनाएका यी दुई मिल्दा १० सदस्यीय हुनेछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro