site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई दिनमै गुमाए सेयर लगानीकर्ताले ५२ अर्बभन्दा बढी सम्पत्ति
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले दुई दिनमै ५२ अर्ब १५ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्ताको सम्पत्ति भनेर बुझिने कुल बजार पुँजीकरण आइतबार र सोमबार ५२ अर्बभन्दा बढीले घटेको हो ।

गएको बिहीबार ३० खर्ब ४३ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबार २९ खर्ब ९० अब ८५ करोड रुपैयाँ कायम भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से १२.९३ अंकले घटेर दुई हजार ९९८ विन्दुमा बन्द भएको हो । आइतबार करिब २२ अंकले घटेको थियो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.४० प्रतिशतले घटेको छ ।

Global Ime bank

सोमबार २७२ धितोपत्रका ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । सर्वाधिक रुपैयाँको सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको आठ करोड दुई लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ २० पैसा र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ ।

मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.९९ अर्थात् १५ रुपैयाँ १० पैसाले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC