site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सजिलो रेन्टल : गाडी ‘रेन्ट’मा पाइने, भाडामा लगाएर पैसा कमाउन सकिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गाडी भाडामा लिन सकिने तथा आफ्नो गाडी भाडामा लगाएर आम्दानी गर्न सकिने ‘सजिलो रेन्टल’ एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

सजिलो रेन्टल एपबाट व्यक्तिले आफ्नो आवश्यकताअनुसार त्यहाँ उपलब्ध गाडी छानेर भाडामा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, आफ्नो गाडी हुनेहरूले सजिलो रेन्टलमा गाडी भाडामा लगाएर आम्दानी पनि गर्न सक्ने सजिलो रेन्टलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर फुयाँलले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सजिलो रेन्टलमा बस, कार, कोस्टर, हाइस, जीप, पिकअप, टाटासुमो र मोटरसाइकल ‘होस्ट’ गर्न सकिने अथवा भाडामा लगाउन सकिन्छ । यी नै सवारी भाडामा लिन चाहने व्यक्तिले पनि सजिलो रेन्टलबाट सेवा लिन सक्ने उनले बताए ।

सजिलो रेन्टलबाट न्यूनतम चार घण्टाका लागि गाडी भाडामा लिन सकिन्छ । सजिलो रेन्टलले काठमाडौं उपत्यकासँगै पोखरा, धनगढी, नेपालगन्ज बुटवल, चितवन, धरान, हेटौँडा र इटहरीमा सेवा दिन थालेको सीईओ फुयाँलले बताए ।

Royal Enfield Island Ad

कुनै ठाउँमा घुम्न जानुपरेमा, विमानस्थल वा बसपार्क आवतजावत गर्नुपरेको अवस्थामा, विवाह र अरू उत्सव एवं समारोहजस्ता कामका लागि सजिलो रेन्टलबाट गाडी बुक गर्न सकिने उनको भनाइ छ ।

यस्तै, आफूसँग गाडी हुनेहरूले त्यसलाई सजिलो रेन्टलमा होस्ट गरेर अथवा भाडामा लगाएर आम्दानी गर्न सक्छन् ।

सजिलो रेन्टल डटकम वेबसाइट र गुगल प्लेस्टोर एवं एप स्टोरबाट एप डाउनलोड गरेर सजिलो रेन्टलको सेवा लिन सकिन्छ ।

गाडी भाडामा लिने/दिने मात्र नभइ सजिलो रेन्टलमा सिट समेत सेयर गर्न सकिने ‘कारपुल’ सुविधा उपलब्ध गराइएको छ । यसअन्तर्गत कुनै पनि व्यक्तिले आफ्नो गाडीको खाली सिट र जाने ठाउँको विवरण त्यहाँ राख्न सक्छन् । आवश्यक परेका व्यक्तिले उक्त सिटका लागि एपबाटै अनुरोध गर्न सक्छन् ।

कारपुल सुविधामा भाडा भने आपसी समझदारीमा लिन/नलिन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको सुरक्षाका लागि बिमा र अरू योजनामा काम गरिरहेको सजिलो रेन्टलले जनाएको छ ।

कम्पनीका अनुसार सवारी लाइसेन्स, बिमालगायत कागजात पुष्टि गरेर मात्र सेवा लिनदिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro