site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अस्पतालबाटै नवजात शिशु गायब : प्रेमी पक्राउ, प्रसूति गराउने चिकित्सक बिरामी 

विराटनगर । विराटनगरस्थित अस्पतालबाट एक नवजात शिशु गायब भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । घटनामा संलग्न भनिएका चिकित्सक अस्पतालमा भर्ना भएका छन् । सोही कारण थप अनुसन्धान गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

२६ वर्षीया युवतीले जन्म दिएको भनिएकी नवजात शिशुको खोजी र घटनाबारे अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले बताए । दाहालका अनुसार गएको असार १३ गते ग्रीनक्रस अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र ती युवतीबीच सम्बन्ध रहेको बताइएको छ । गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए ।

Dabur Nepal
NIC Asia

“प्रसूति व्यथा लागेपछि अस्पताल भर्ना गरिएको रहेछ,” डीएसपी दाहालले भने, “बच्चा त्यहीँ जन्मिएछ ।”

चिकित्सक तपेश्वरलाल कर्णले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गरी पछि आफू कार्यरत ग्रीनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएको पाइएको दाहालले बताए । सामान्य रूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रेमी भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी–११ जनाइएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि राईले युवतीलाई इटहरी लगेको र त्यहीँको होटेलमा राखेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । होटेलमा राखेर राई भागेको र फर्किएर नआएको युवतीले बताएकी छन् । आफूलाई शिशुबिनै होटेलमा पुर्‍याइएको उनको भनाइ छ ।

युवतीले भनिन्, “उहाँले मेरो बच्चा गायब बनाई फर्केर समेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी हुँ ।” आफू आठ दिनसम्म होटेलमै बसेको युवतीले बताइन् ।

प्रसूति गराउने चिकित्सक बिरामी भई अस्पतालमा भर्ना भएकाले थप बयान लिन नसकिएको डीएसपी दाहालले जानकारी दिए । पक्राउ परेका राईसँग सोधपुछ गरे पनि चिकित्सकबाट नै थप कुरा आउने उनले बताए । चिकित्सक कर्ण उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् ।

ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासका अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो । “स्वास्थ्य समस्या देखिएकोले एनआईसीयूमा राखेर उपचार गर्न रेफर गरिएको थियो,” उनले भने, “अभिभावकको जिम्मा दिएको हो ।”

युवतीले भने आफूले आफ्नो बच्चा नपाएको प्रहरीसमक्ष बताएकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro