देश
काठमाडौं । झुन्डिएको अवस्थामा मृत फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहको न्यायका लागि भन्दै शनिबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
२२ वर्षीया आरती गएको जेठ ७ गते बेलुका घरमै झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । ९० दिनयता आरती मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत छ ।
तर, सरकार र अरू सरोकारवाला मौन रहेको भन्दै परिवार र युवाले मुखमा कालो पट्टी बाँधेर मौन धर्ना दिएका हुन् ।
दाइजोका नाममा आरतीको हत्या गरिएको माइती पक्षको आरोप छ । हत्यालाई आत्महत्याको संज्ञा दिएर अपराधी उम्काउन खोजिएको र न्याय माग्दा प्रहरीले सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १५:३५
प्रतिक्रिया दिनुहोस्