site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया यू–२० रग्बी भोलिदेखि
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यू–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

पुरुषमा सात तथा महिलामा चार राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा उज्वेकिस्तान, चाइनिज ताइपेइ र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, भारत, नेपाल र हङकङ चाइना रहेका छन् ।

महिलामा नेपाल, थाइल्यान्ड, मलेसिया र हङकङ चाइनाले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिने छ ।

नेपाली रग्बीको इतिहासमा नेपालमा हुन लागेको यो प्रतियोगिता अहिलेम्मकै ठूलो हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यू–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरिसकेको छ ।

प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अल दलाई लगायतका प्रतिनिधि नेपाल आइसकेको रग्बी संघले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro