site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको एक लाख नौ हजार ८५० रुपैयामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro