site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सुरक्षा कोषमा परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । मंगलबार एक सूचनामार्फत कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोरा/छोरीलाई औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो ।

कोषले ०८२ वैशाख १ गतेदेखि सेवा‍ लागु हुने भएकाले योगदानकर्ता पोर्टलमा राष्ट्रिय परिचयपत्र र फोटोसहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटोसहितको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख छ । सबैसँग राष्ट्रिय परिचयपत्र नहुने भएकाले तत्कालका लागि अनिवार्य गरिएको छैन । तर, केही समयपछि राष्ट्रिय परिचयपत्र लाभग्राही सबैलाई अनिवार्य गरिने कोषका सूचना अधिकारी डा. रोशन कोजु बताउँछन् ।

“कोषबाट दिइने औषधि उपचार र दुर्घटना योजनाबाट लाभ लिने सबैले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य अद्यावधिक गर्नुपर्नेछ,” उनले बाह्रखरीसित भने, “तत्काल सबैलाई अनिवार्य नभए पनि केही समयदेखि सबैलाई अनिवार्य गरिनेछ । अहिलेलाई भएकाहरूले अद्यावधिक गर्नुहोला ।”

कोषमा आबद्ध भएका योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउनेछन् । यही एक लाख रुपैयाँबाट नै योगदानकर्ताले पनि औषधि उपचार सेवा पाउने छन् । तर, योगदानकर्ताले सात लाख रुपैयाँसम्मको उपचार पाउनेछन् ।

लगातार पाँच वर्षसम्म योगदान गर्ने योगदानकर्ताले १० लाखसम्मको औषधि उपचार र दुर्घटना उपचार सेवा पाउने कोजु बताउँछन् । तर, योगदानकर्ताका श्रीमान्/श्रीमती र छोरा/छोरीले एक लाखसम्मको मात्र औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा पाउने कोजुले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro