site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाइगर प्यालेस रिसोर्ट १५ मिलियन डलरमा हिमालयन टाइगरले किन्यो

काठमाडौं । रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट बिक्री गरिएको छ । हिमालयन टाइगर इन्भेस्टमेन्ट इकले अष्ट्रेलियन कम्पनीको स्वामित्वमा रहेको टाइगर प्यालेस रिसोर्ट किनेको हो ।

हिमालय टाइगरले १५ मिलियन अमेरिकी डलरमा रिसोर्ट खरिद गरेको कम्पनीका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए ।

यसअघि, सो रिसोर्ट सिल्भर हेरिटेज लिमिटेडको स्वामित्वमा थियो । उक्त कम्पनीले रिसोर्टमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई मध्यनजर गरेर १५ मिलियन डलरमा किनेको सुवेदीले बताए ।

हिमालयन टाइगर इन्भेस्टमेन्ट इक गैरआवासीय नेपालीले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको कम्पनी हो । अब नयाँ व्यवस्थापनले टाइगर प्यालेस सञ्चालन गर्ने बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कोरोना महामारी र आन्तरिक विवादका कारण केही वर्षयता रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन । निरन्तर करोडौँ रुपैयाँ घाटा व्यहोर्दै पछिल्लो समय रिसोर्ट बन्द हुने अवस्थामा पुगेको थियो ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजले रिसोर्ट र क्यासिनो सञ्चालनका लागि करिब पाँच अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट बन्द हुँदा विदेशमा समेत गलत सन्देश जाने भएकाले आफूहरूले किनेको अध्यक्ष सुवेदीको भनाइ छ ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीको मर्मलाई आत्मसात् गर्दै अवसरका लागि विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्व बोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हौँ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुःख गरेर कमाएको आर्जनलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योगमार्फत देश विकासमा टेवा पु¥याउने प्रयत्न गरेका छौँ ।”

पर्यटनको सम्भावना हुँदाहुँदै टाइगर प्यालेसजस्ता ठूला लगानी धराशायी हुनु यो क्षेत्र र लगानीकर्ताका लागि दुःखद भएको कम्पनीले जनाएको छ । कम्पनीले कानुनबमोजिम लाग्ने कर तिर्ने प्रतिबद्धता पनि जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro