site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा युवालाई तरबार हान्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले जनाएअनुसार घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका १८ का २२ वर्षीय समीर हुसेन र विराटनगर १६ का २४ वर्षीय अशोक अन्सारी पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल–भारत सीमा क्षेत्र नजिकबाट बुधबार बिहान २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।

घटनामा  विराटनगर ८ का २२ वर्षीय मोहम्मद हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको छ ।

Global Ime bank

साउन २९ गते सोमबार मोटरसाइकलमा तीनजनाको समूहमा आएका युवाले मोहम्मद हलिमलाई तरबार प्रहार गरेका थिए । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement