site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्रे–लिस्टबाट निकाल्नेदेखि ग्राहकमैत्री बैंकिङ सेवाको विकासमा केन्द्रित हुनुपर्ने

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न गठन गरेको ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले दिने सुझावको ६ बुँदे कार्यदेश तयार भएको छ । राष्ट्र बैंकले कार्यदेशसहितको पत्र कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीलाई हस्तान्तरण गरिएको छ । 

कार्यदलको सदस्यमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल छन् । पौडेल कार्यदलको सदस्य–सचिव हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यदलको समयावधि एक महिनाको रहने छ । यो कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर, विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिनुपर्नेछ ।

आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा पनि सुझाव दिनुपर्नेछ ।

त्यसैगरी ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा पनि सुझाव दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा पनि अध्ययन गरेर सुझाव दिनुर्नेछ ।

नेपाल ग्रे–लिस्टमा परेकाले यसबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बंैकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि कार्यदलले सुझाव दिनुपर्नेछ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्