site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अरिजित सिंहको सांगीतिक कार्यक्रमको टिकटको मूल्य कति छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय गायक अरिजित सिंहको प्रस्तुति रहने सांगीतिक कार्यक्रम ‘अरिजित सिंह लाइभ इन नेपाल’को सुरुआती चरणमा खोलिएको टिकट बुकिङ दुई घण्टामै सोल्ड आउट भएको छ । 

दुई हजार टिकट दुई घण्टामा बिक्री भएको आयोजक ग्यारेज इन्टरटेनमेन्टका कार्यकारी निर्देशक रसिक भट्टराईले जानकारी दिए । चार हजार, आठ हजार र १५ हजार दरका दुई हजार टिकट बिक्रीमा थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा जम्मा १५ हजार टिकट बिक्री गरिनेछ । “भोलि (बिहीबार) दिउँसो १२ बजेबाट बाँकी टिकट बिक्री खुला गरिनेछ,” उनले भने, “विभिन्न चरणमा हामी टिकट बिक्री गर्छौं । तर, अब बिक्री हुने टिकट चार हजार रुपैयाँमा पाइने छैन । तर धेरै महंगो हुने छैन ।”  

अरिजित सिंह आगामी मंसिर ९ गते काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा सांगीतिक प्रस्तुति दिन नेपाल आउँदै छन् । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले कार्यक्रम गर्न लागेका हुन् । 

Global Ime bank

अरिजितका ‘तुम ही हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’सहित थुप्रै गीत चर्चित छन् ।

खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement