site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्देशक खनाल भन्छन्– म मलाई मनपर्ने जानरामा फर्किएँ 

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले आफू आफ्नै जानराको सिनेमा निर्माणमा फर्किएको बताएका छन् । दीपेन्द्र सोसल ड्रामा सिनेमा निर्माणका लागि परिचित छन् । 

चलचित्र ‘के घर के डेरा : घर नं २’मार्फत आफू सोसल ड्रामामा फर्किएको उनले प्रष्ट पारे । ‘के घर के डेरा’को सिक्वेल नभएर ‘के घर के डेरा : घर नं २’ सामाजिक कथावस्तुमा आधारित चलचित्र भएको उनले बताए । 

‘के घर के डेरा’ कमेडी सोसल ड्रामा भए पनि ‘के घर के डेरा : घर नं २’ कमेडी सिनेमा नभएर पूर्णरूपमा सोसल ड्रामा भएको उनले बताए । 
 
दीपेन्द्रले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’को जेठ २ गते रिलिज हुँदै छ । यसको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो । 

“यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनले भने, “यो पूरै नयाँ सिनेमा हो । सिक्वेल नभएर सिरिज हो । नयाँ कथा लिएर आउँदै छौँ ।”

उनले आफूलाई मन लागेको सोसल ड्रामा मै फर्किएको बताए । 

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । 

कृष्णबहादुर थापाको छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro