site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद चन्द्र भण्डारी अस्पताल भर्ना
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् ।

भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उनका स्वकीय सचिव बोधराज कडेलले बाह्रखरीलाई बताए ।

गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उनलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।

अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिएका छन् । 

“समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ,” उनले लेखेका छन्, “इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro