site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद चन्द्र भण्डारी काठमाडौं फर्किएपछि यसरी गरिनेछ बाँकी उपचार
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भोलि (आइतबार) दिउँसो स्वदेश फर्कंदै छन् । भारतमा उपचार गराई उनी काठमाडौं फर्कन लागेका हुन् । उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा करिब साढे दुई महिना उपचार गराएर सांसद भण्डारी स्वदेश फर्कन लागेका हुन् । भारतमा उनको मुख्य अपरेसनलगायत उपचार गरिएको मीनप्रसादले बताए । अब बाँकी उपचार र हेरचाह नेपालमै गरिने उनले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमै थप उपचार गराउने सांसद भण्डारीको इच्छापछि चिकित्सकसित सल्लाह गरी यहाँ ल्याउन लागिएको हो । ड्रेसिङलगायत कार्य यहीँ गरिने मीनप्रसादले बताए ।

Dabur Nepal
NIC Asia

“बिमारीको काठमाडौं नै गएर थप उपचार गराउने इच्छा र नेपाल र यहाँ (भारत)का डाक्टरसँग छलफलपछि हामी आउन लागेका हौँ,” सांसद भण्डारीसँग मुम्बईमै रहेका मीनप्रसादले बाह्रखरीसित भने, “ड्रेसिङ, फिजियो काठमाडौंमै हुनेछ ।”

फलोअपका लागि भने करिब एक महिनाको अन्तरमा पुनः मुम्बई जानुपर्ने उनले बताए ।

उनका अनुसार सांसद भण्डारी काठमाडौं आएर बत्तीसपुतलीस्थित एक घरमा बस्नेछन् । त्यहाँसँगै एउटा अस्पताल पनि छ । आकस्मिक अवस्था परेको स्थितिमा तुरुन्तै त्यहाँ जान र लैजान सजिलो हुनेछ । त्यसबाहेक उनको ड्रेसिङलगायत उपचार कीर्तिपुर बर्न अस्पतालमा गरिने मीनप्रसादले जानकारी दिए ।

घटना घटेको घरमा गएर नबस्ने उनले बताए । “त्यो (बुद्धनगरस्थित) घरमा नजाने कुरा भएको छ । बत्तीसपुतलीमा साथीको घरमा बस्नेछौँ,” उनले भने, “अहिलेलाई निरन्तर अस्पताल भर्ना नभई त्यहीँ बसेर उपचार गराउने सल्लाह भएको छ ।”

गुल्मी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य भण्डारी आइतबार (भोलि) दिउँसो नेपाल एयरलाइन्सको मुम्बई–काठमाडौं नियमित उडानमार्फत नेपाल फर्कन लागेका हुन् । सम्भवतः पर्सि काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराइने मीनप्रसादले बताए ।

गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro