site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता १९ जनाको शव फेला
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

याङ्गुन । म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मंगलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ ।

"स्थानीय समयअनुसार मंगलबार दिउँसो २:३० बजेसम्म १९ वटा शव निकालिएको थियो । मृतक सबै पुरुष रहेको पाइएको छ । खोजी र उद्धार कार्य जारी छ," हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारी हान विन ह्लिङले  सिन्ह्वालाई बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दिउँसो ३ बजेतिर पहिरो गएको हो । स्थानीय समयअनुसार आइतबार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका  थिए ।

घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन् । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement