
काठमाडौं । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भूउपयोग नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै मालपोत र नापी कार्यालयमा रहेका विकृति रोकिने विश्वास गरिएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले विभिन्न बहानामा हुने चलखेल रोकिने विश्वास व्यक्त गरे ।
“घर जग्गा कारोबार केही मात्रामा बढ्छ । त्यो भन्दा विशेष मालपोत र नापी कार्यालयमा रहेको विकृति र विसंगतिको पराकाष्ठा थियो, त्यो रोकिन्छ,” लोहनीले बाह्रखरीसँग भने, “अप्राकृतिक अंश बन्डा गरेर बिक्री गर्न, पैसा खाएर मात्र कित्ताकाट खोल्ने र आर्थिक चलखेल हुन्थ्यो, त्यो पनि रोकिन्छ ।”
अर्थतन्त्र चलायमान बनाउ यसले महत्त्वपूर्ण योगदान दिने महासंघका अध्यक्ष लोहनी बताउँछन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरी भूउपयोग नियमावली पारित गरेको हो ।