site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
भारतको हिमाचलमा विपद्जन्य घटनामा २१ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता
SkywellSkywell

काठमाडौं । भारतको हिमाचल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता हिमाचलका विभिन्न स्थानमा आएको बाढीपहिरो र चट्याङका कारण अहिलेसम्म २१ जनाभन्दा बढीले ज्यान गुमाएका हुन् ।

२१ जनाको मृत्यु हुनुका साथै केही नागरिक बेपत्ता भएको हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताए । उनले प्रभावित क्षेत्रको अवस्थाबारे समेत जानकारी लिएका थिए ।

“पछिल्लो २४ घण्टामा भारी वर्षाले धेरै मानिसको ज्यान लिएको छ । हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” उनले भने ।

KFC Island Ad
NIC Asia

स्थानीय अधिकारीका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । सो क्षेत्रमा अरू केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ ।

यस्तै, सिमलाको फागलीमा पहिरोमा परी चारजनाको मृत्यु भएको बताइएको छ ।

सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ । मण्डीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ ।

मण्डीकै बम्बोला गाउँमा घर भत्कँदा दुईजनाको मृत्यु भएको छ । सोलानको बलेरा गाउँमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

मनसुन सुरु भएयता भारतको हिमाचल प्रदेश बढी प्रभावित छ । खराब मौसमका कारण सोमबार हिमाचलका शैक्षिक संस्थाहरू बन्द गराइएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro