site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, "अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायमा आत्मविश्वास पैदा हुनेगरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।"

"निजी क्षेत्रलाई विश्वासमा नलिइकन, सहकार्य नगरिकन अर्थतन्त्रमा सुधार ल्याउन सकिन्न भन्नेमा म स्पष्ट छु" प्रधानमन्त्रीले भने, "अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जे–जे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु। अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नुस् । यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ। देश अप्ठ्यारोमा पर्‍यो भने हामी सबै अप्ठ्यारोमा पर्छौं ।"

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अंगले सरकारलाई साथ दिनुपर्ने बताए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro