site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले स्मार्टफोन ‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ सार्वजनिक गरेको छ ।

प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले सोल्टी होटेल, काठमाडौंको प्रिभे नेपालमा आइतबार आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरेको हो ।

सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियका रानी जोशीले नयाँ मोबाइलहरूको अनावरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अनावरण कार्यक्रममा ‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ को विशेषताहरू जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, इमर्सिभभिउइंग, सेल्फी र आईपीएक्स८ रेटिंगलाई फेसन रन–वेमा मोडलहरूको प्रदर्शन गरिएको थियो ।

चार वर्षअघि सामसङले फोल्डेबल स्मार्टफोनअन्तर्गत क्रान्तिकारी उपकरणहरूको सुरुआत गरेको थियो । सामसङले निरन्तर रूपमा ग्यालेक्सी जेड सिरिजलाई उत्कृष्टता र परिस्कृत गर्दै लगेको छ ।

Global Ime bank

“ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ‘ग्यालेक्सी जेड फोल्ड५’ मा मल्टीटास्किंगहरू गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकतालाई पूरा गरेर त्यसलाई अझ नयाँ स्थरमा पुर्याउनेछन्” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ लाई धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको सामसङले जनाएको छ ।

मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ । यसका साथै आईपीएक्स ८ को रेटिंग, आर्मर अलुमिनियम फ्रेमहरू, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि दुवैतिर कभर गरिएको कम्पनीले जनाएको छ ।

यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरूलाई फैलिन नदिने कम्पनीले उल्लेख गरेको छ ।

अल्टिमेट पकेटेबल उपकरण
कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण छ ।

जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप५ तीन प्रकारका रङहरू (मिन्ट, लाभेण्डर र कालो) मा उपलब्ध छ । यो ८+ २५६ जीबीमा मात्र उपलब्ध छ । यसको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

ग्यालेक्सी जेड फोल्ड५
वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्रीसहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ मा छ । साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी जेड फोल्ड५’ कालो र निलोरङ उपलब्ध रहेको छ । १२ जीबी मेमोरीसहितका २५६ जीबी र ५१२ जीबी स्टोरेज छ ।

‘ग्यालेक्सी जेड फोल्ड५’ १२ं२५६ जीबीको मूल्य दुई लाख २६ हजार ९९९ रुपैयाँ र ‘ग्यालेक्सी जेड फोल्ड५’ १२ं५१२ जीबीको मूल्य दूई लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

प्रि-अर्डर उपहारहरू

यसका साथै ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना सात हजारसम्मको न्यूनतम इएमआई तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलहरूमा उपलब्ध छ ।

यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरूको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङले आफ्ना ग्राहकहरूका लागि एक पटकको ब्रेकेज इन्स्सोरेन्स र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय