site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् रोकेर पत्रकार सम्मेलन ! मिडियामाथि पनि खनिए ओली 

काठमाडौं । देशभर पछिल्ला दिनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कति क्षति भयो, जनता कहाँ कहाँ अप्ठेरोमा परेका छन् भन्ने विषयमा आफ्ना प्रतिनिधिले जनप्रतिनिधिथलोमा कुरा राख्नसम्म पनि पाएका छैनन् ।

डेंगुको महामारी छ, नागरिक खुम्चिदो अर्थतन्त्रका कारण संकटमा पर्दै गएका छन् तर जनप्रतिनिधिमुलक थलो संसद् प्रमुख प्रतिपक्षका कारण रोकिएको छ । जनताका प्रतिनिधिले जनताका समस्याका बारेमा छलफल गर्न पाएका छैनन् प्रमुख प्रतिपक्षको अवरोधका कारण ।

त्रिभुवन विमानस्थलबाट साउनको २ गते भित्रिएको क्विन्टल सुन प्रकरणमा न्यायिक आयोगको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न दिएको छैन । साउन १० गते संसद् चल्न सकेन । १५, १६ र २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगन गरियो । साउनको २३, २४ र २६ गतेको बैठक केहीबेर चलेर अघि बढ्न सकेन ।

नेकपा एमालेले फेरि पनि आफ्नो अडान कायमै राख्दै अहिले संसद् भन्दा पनि सरकारको कार्यशैली डरलाग्दो भएको टिप्पणी गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, “सत्ताकै संरक्षण रहेको प्रकरण भएको हुनाले र यस्ता घटना बारम्बार दोहोरिरहेको चिन्ताजनक अवस्थाका कारण यसकै गहिराइमै पुगेर छानबिन गर्नु अनिवार्य भइसकेको छ । हाम्रो पार्टीले यस विषयमा सदन र सदन बाहिरबाट पनि सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको छ । गृह र अर्थ मन्त्रालयलगायतको भयरहीत वातावरणमा बिना दबाब र प्रभाव विषयको गहिराइमा पुगेर हुन सक्दैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ ।”

एमालेले यसअघिको ९ केजी सुन प्रकरणमा जोडिएका माओवादी नेता र तीनका परिवारका सदस्यलाई सामान्य सोधपुछ पनि नगरिएको घटनाबाट सरकारको क्रियाकलाप स्पष्ट भएको बताएको छ । यस्तो अवस्थामा ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचालेझैँ न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने गरेको भन्दै यो माग पूरा नभएसम्म पार्टीले दबाबका कार्यक्रमहरु सञ्चालन गरिरहने एमालेले अडान राखेको छ ।

यस्तो छ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति 

366014134_1223184531692380_2345369258310185065_n1691919751.jpg

366027193_674649970985556_2324066706177519253_n1691919751.jpg

यस्ता विषय अगाडि भइरहँदा पनि सञ्चारमाध्यमले नदेखेर खाली एमालेले सदन अवरोध गरेको कुरालाई उचालेको भन्दै आक्रोश व्यक्त गरे । भने, “सञ्चारमाध्यममा कसको लगानी छ भन्ने अहिले छाडिदिउँ, देशको पक्षमा को छ भन्ने हेरौँ ।”

उनले आफूहरुले निष्पक्ष छानबिनको माग गरिरहेको बताए ।

“निष्पक्ष छानबिन गर्न किन नहुने ? छानबिन आयोग बनाउँदा के हुन्छ ? के हो विषयान्तर भनेको ?,” उनको प्रश्न थियो, “सबै पक्षमा छानबिन गर्न सक्छ । यसका कनेक्सन र जरा कहाँ छ ? टुप्पोमात्रै हेरेर हुँदैन । २३४ पल्ट कुनै गिरोहसँग लगातार संवाद कसरी हुन्छ मान्छेको ? यो फेयर छ ? तै पनि सोधपुछ पनि गर्न पर्दैन ? यसरी पनि देश चल्छ ? यो पनि शासन प्रशासन चलाउने तरिका हो ? बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ ।”

उनले पत्रपत्रिकाले पनि एमालेलाई घोच्न पाएसम्म यस्ता विषय नदेख्ने भन्दै आक्रोश व्यक्त गरे ।

“एउटा पत्रिकाको नाम आएको थियो । संकट थाहा छैन । संसद् अवरुद्ध गरेर एमालेलाई घोच्न पाइयोस् भन्ने लागेको होला,” उनले भने, “यो एमालेको मात्रै कुरा होइन ।”

ओलीले अहिले पनि दैनिकरुपमा विमानस्थलबाट सुन तस्करी भइरहेको दाबी गर्दै भने, “अहिले पनि तस्करी भइरहेको छ । यति मजाले सुन वारपार भइरहेको बेलामा प्रतिपक्षले बोल्ने भन्दै संसद्मै एमालेको विरोध हुन्छ । यस्तो अवस्थामा सरकारले राजीनामा गर्नुपर्ने थियो । बानी परे पछि लाज हुँदैन भन्ने बीरवल अकबरको कथा छ ।”

उनले  सुन तस्करी महातस्करी काण्ड भएको उल्लेख गर्दै भने, “अनि हामी संसद् चल्यो कि चलेन भन्नेमा अल्झिएका छौँ । हामी बोल्न खोज्यो सत्तापक्षले उठेर विरोध गर्छ । यहाँ भ्रष्टाचारको कुरा गर्न पाइन्छ ? भन्छन् । २, ४ क्विन्टल सुन ल्याउँदा हल्ला गर्न पाइन्छ ? बोल्न पाइन्छ ? भन्छन् । हामीले होइन सदन अवरोध गरेको सत्तापक्षले नै हो ।”

उनले यस्तो अवस्थामा गृहमन्त्री र अर्थमन्त्री कसरी सरकारमा बस्न सकेको ? भन्दै प्रश्न गरे । संसद्मा अहिले पनि ९३ वटा विधेयक विचाराधीन अवस्थामा छन् । चालु अधिवेशनबाट एकमात्रै विधेयक पारित भएको छ भने १५ विधेयक अलपत्र अवस्थामा छन् । तर संसद् चल्न सकेको छैन । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro