site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकहरूलाई जलविद्युत्मा लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले बैंकहरूलाई जलविद्युत्मा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इपानका अध्यक्ष गणेश काकीले यस्तो आग्रह गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत माघ २६ गतेको बैठकले विद्युत् खरिद बिक्री सम्झौताका सम्बन्धमा नीतिगत रूपमा फेरबदल गर्नुपर्ने आवश्यकता महसुस गरी प्रतिवेदन पेस गर्न माग गरेको थियो ।

प्रोब्यालिटी अफ एक्सिडेन्स (पीओई)का आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले प्रतिवेदन पेस गरेको हो ।

सोही प्रतिवेदनलाई स्वागत गर्दै इपानले केही संशोधनको आग्रह गरेको छ । सन २०२८ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने साविक राष्ट्रिय लक्ष्य हासिल गर्न तथा नेपालबाट १० हजार मेगावाटसम्मको विद्युत् भारत निर्यात गर्न इपानले प्रतिवेदन महत्त्वपूर्ण भएको बताएको छ ।

प्रतिवेदनका राम्रा पक्षहरूको स्वागत गर्दै सुधार गर्नुपर्ने सिफारिसलाई आवश्यक संशोधनसहित निर्णय गरियोस् भनेर इपानले आग्रह गरेको छ ।

यस्ता छन्, इपानका आग्रह

ipann_page-00021691919353.jpg

ipann_page-00011691919353.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro