site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग बढ्दै, तीन वर्षमा भित्रियो साढे ६ अर्बको सामान

काठमाडौं । नेपालमा खानेकुरा पकाउन पछिल्ला वर्षहरुमा विद्युतीय सामग्रीको प्रयोग बढ्दै गएको छ ।

भन्सार विभागका अनुसार पछिल्लो तीन वर्षमा मात्र नेपालले ६ अर्ब ५१ करोड ३५ लाख ८१ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विभिन्न विद्युतीय सामग्री आयात गरेको छ ।

आर्थिक वर्ष २०७७/७९ देखि २०७९/८० सम्मको अवधिमा नेपालले ती सामग्री आयात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब नौ करोड ८९ लाख ५७ हजार रुपैयाँ, २०७८/७९ मा दुई अर्ब आठ करोड १० लाख ६२ हजार रुपैयाँ र २०७९/८० मा दुई अर्ब ३३ करोड ३५ लाख ६२ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विद्युतीय सामग्री नेपाल भित्रिएको छ ।

गत आर्थक वर्ष २०७९/८० मा नेपालले ३६ करोड ५९ लाख ७० हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २८ करोड १७ लाख २१ हजार रुपैयाँ इन्डक्सन् स्टोभ, १४ करोड ३७ लाख ५३ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ३५ करोड ९७ लाख ७४ हजार रुपैयाँको राइस कुकुर र २८ करोडको कित्ली आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड ५५ लाख ४५ हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २३ करोड ५२ लाख ८० हजार रुपैयाँको इन्डक्सन स्टोभ, आठ करोड ७५ लाख ६७ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ५४ करोड २८ लाख २२ हजार रुपैयाँको राइस कुकुर र ४१ करोड २३ लाख रुपैयााको कित्ली नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३० करोड १५ लाख ७४ हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २४ करोड ३७ हजार ६२ हजार रुपैयाँको इन्डक्सन स्टोभ, ४४ लाख ४२ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर र २३ करोड ६३ लाख ७० हजार रुपैयाँको कित्ली आयात गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro