site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारमा भीषण वर्षापछिको बाढी : ४५ हजार बढी मानिस विस्थापित
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् ।

शुक्रबारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुईजना गरी पाँचजनाको मृत्यु भएको बताए ।

मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रयस्थल स्थापना गरेको छ ।

Global Ime bank

अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उनको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण दुई हजार १४६ घरपरिवारबाट १० हजारभन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा पु¥याएको बताइएको छ ।

साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरूको सम्बन्ध विच्छेद भएको बताइएको छ । त्यस्तै, लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा दुई हजार ९७३ घरपरिवारका १२ हजार ४६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् ।

मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।

म्यानमारको मौसम एजेन्सीले शुक्रबार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement