site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा भारी वर्षा, दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह

काठमाडौं । मकवानपुरमा आइतबार बिहान भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घण्टामा मकवानपुर गढी, हेटौँडा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Argakhachi Cement Island Ad

सो क्षेत्र भई बहने कर्रा, सम्रीलगायत खोलाहरूमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २८ गते, बिहान ९ः०५ बजे । पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कर्रा, सम्री खोलालगायत उक्त जिल्लाको स–साना खोलाहरूमा बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले दिउँसोसम्मै सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

adsfa1691899095.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्