site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार
फाइल तस्बिर ।

काठमाडौं । कामाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीचभागमा बाढी आएर अड्किएका दुई बालकको शनिबार प्रहरीले उद्धार गरेको छ ।

दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीचभागमा अड्किएका उनीहरूलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलंकीमा बस्दै आएका ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँमा बस्दै आएका रिदम अधिकारी रहेका छन् ।

उनीहरू साथीहरूसँगै शनिबार अपराह्न बल्खु खोलाको ‘जिरो प्वाइन्ट’ भन्ने स्थानमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा बाढी आएपछि साथीहरू बाहिर निस्किएको र उनीहरू भने खोलाको बीचमा थोरै उठेको भागमा अड्किएर बसेका थिए ।

उक्त सूचना प्राप्त भएपछि कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उद्धार गरेको लामाले बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro