site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा १० जनाको मृत्यु
तस्बिर : इन्डिया टुडे ।

नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु  भएको छ । अरू १३ जना घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रीवाहक गाडी रोकिराखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो ।

Dabur Nepal
NIC Asia

यात्री नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro