देश
काठमाडौं । सिन्धुलीमा शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मरिनलगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“साउन २७ दिउँसो २ः१५ बजे । पछिल्लो तीन घण्टामा सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको हुँदा मरिन खोलालगायतका स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० १४:३४
प्रतिक्रिया दिनुहोस्