site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुशासन कायम गर्न नसके सरकार धेरै टिक्दैन : शेखर कोइराला

काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सुशासन दिने सरकार मात्रै टिक्ने बताए । 

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरे । उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुन निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने स्पष्ट पारे । 

तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे । नेता कोइरालाले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुनेमा जोड दिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro