site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसलाई हराउन नसकेपछि जेलेन्स्कीलाई दबाब, अमेरिकाले साथ छोड्न सक्ने !

काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या योजनामा संलग्न रहेको आरोप लागेकी एक महिलालाई यसै साताको सोमबार युक्रेनी सुरक्षा सेवा (एसबीयू)ले पक्राउ गरेको छ । नाम नखुलाइएकी ती महिला दक्षिणी युक्रेनी क्षेत्र माइकोलाइभकी भएको बताइएको छ ।

एसबीयूले ती महिला राष्ट्रपति जेलेन्स्कीको माइकोलाइभ भ्रमणबारे खुफिया जानकारी संकलन गरिरहेको बताएको छ ।  सोही आधारमा रुसले हवाई हमला गर्ने योजना रहेको युक्रेनी सुरक्षा सेवाको भनाइ छ ।

एसबीयूले आक्रमणकारीहरूलाई जानकारी दिन खोज्दा ती महिलालाई रंगेहात पक्राउ गरेको बताएको छ ।

Dabur Nepal
NIC Asia

यतिबेला जेलेन्स्की रुसविरुद्ध प्रतिआक्रमणमा महत्त्वपूर्ण उपलब्धि हात नपारेका कारण पनि दबाबमा छन् । संयुक्त राज्य अमेरिकी नेतृत्वका पश्चिमा सहयोगीहरूले युक्रेनले तीव्ररूपमा प्रतिआक्रमण गरी भूमि फिर्ता ल्याएको हेर्न चाहेका छन् ।

तर, रुसी विमानहरूको प्रभावकारिता, माइनफिल्ड र खराब मौसम लडाइँमा प्रमुख चुनौती भएको युक्रेनी भनाइ छ ।
युक्रेनको सुस्त ‘काउन्टरअफेसिन्भ’ले पश्चिमा सहयोगीहरू असन्तुष्टि बन्दै गएका छन् । युक्रेनले लडाइँमा जानीजानी ढिलाइ नगरेको भनिरहेको छ । तर, अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरू भने असन्तुष्ट छन् ।

युक्रेनले काउन्टर अफेन्सिभमा उपलब्धि हासिल गर्ने सम्भावना निकै न्यून भएको एक उच्च अमेरिकी अधिकारीले सीएनएनसँग भनेका छन् ।

युरोपमा युक्रेनी सेनालाई तालिम दिइरहेका कमान्डरसँगको बैठकबाट फर्किएका अमेरिकी डेमोक्रेट पार्टीका सांसद माइक क्विग्लेले ‘यो युद्धको सबैभन्दा चुनौतीपूर्ण समय’ भनेका छन् । युक्रेनी सेनाका लागि हजारौँ विस्फोटक माइन र लडाइँ गर्न बनाइएका खाडलको ‘मल्टिलेयर’ रक्षा लाइन पार गर्नु ठूलो चुनौती भएको उनले बताएका छन् । 

युक्रेनी सेनाले रुसी सेनाको एउटै रक्षा रेखासमेत पार गर्न नसकेको अर्का एक उच्च अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

युक्रेन रुसविरुद्ध लड्न कमजोर हुँदै जाँदा अर्बाैं डलरको सैन्य सहायता प्रदान गरिरहेको अमेरिका र अन्य युरोपेली सहयोगीहरू निराश बनेका हुन् ।

युद्ध मैदानको वास्तविकता र सांसदहरूको मनसाय परिवर्तन हुँदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत कठिन राजनीतिक भविष्यको सामना गरिरहेको पोलिटिकोले उल्लेख गरेको छ ।

युक्रेनको प्रतिआक्रमण किभ र वासिङ्गटले सोचेभन्दा पनि निकै सुस्त गतिमा अघि बढिरहेको छ । स्थिति यति प्रतिकूल बन्दै गएको छ कि अमेरिकी प्रशासनले युक्रेनका लागि भनेको १० अर्ब अमेरिकी डलरको सहायता फिर्ता गर्न संसद्लाई आग्रह गर्न सक्ने ठानिएको छ ।

अमेरिकी विपक्षी दल रिपब्लिकन पनि युक्रेनको सहायतालाई लिएर पूर्ण समर्थन गर्छ भन्ने देखिन्न र गत महिना ७० सांसदले युक्रेनलाई दिने सहायता रोक्न असफल प्रस्ताव गरेका थिए ।

हालसम्म युक्रेनको मामिलामा अमेरिकी संसद्‍मा एकमत थियो । तर, काउन्टर अफेन्सिभले पनि उपलब्धि नहुँदा संसद् विभाजित हुँदै गएको छ ।

रिपब्लिकन सांसद डन बेकनले युक्रेनलाई सहायता गर्न बजेट विनियोजन भए पनि खर्च नभएको र नयाँ सहायता प्रस्तावको कुरा नआएको बताएका छन् ।

डेमोक्रेट सांसद जेसन क्रोले युक्रेनले आक्रामक रणनीति भन्दा सेना जोगाउने रणनीति अँगालेको बताएका छन् । युक्रेनी सेनाले एक माइनफिल्ड सफा गरेर अघि बढ्दा रुसी सेनाले आर्टिलरी र हेलिकप्टर प्रयोग गरी उनीहरूको पछाडि माइन खसालेर ट्र्यापमा पारिरहेको उनको भनाइ छ ।

लडाइँ लामो समय जाने ठानेर अमेरिका, जमर्नी, चेक रिपब्लिक र अन्य सहयोगीले सहायता प्रदान गरेका हतियार एवं सशस्त्र सवारी साधन मर्मत गर्न मर्मत सुविधा निमार्ण गरिरहेको पोलिटीकोले जनाएको छ । यस किसिमको  पहिलो सुविधा पोल्यान्डमा बनिरहेको र अर्काे वर्ष युक्रेनभित्र निमार्ण गरिने बताइएको छ ।

अर्कातिर युद्धको स्थिति कमजोरतरिकाले अघि बढ्दा युक्रेनलाई वार्ताको टेबलमा जाने वातावरण पनि बन्न सक्ने अनुमान छ । तर, अहिलेकै अवस्था आफ्नो सीमा स्वीकार गर्न किभ तयार छैन र आफ्नो नियन्त्रणमा लिइसकेको भूमि मस्कोले छोड्ने सम्भावना छैन ।

यसकारण रुस–युक्रेनयुद्ध कुन दिशामा जान्छ भन्ने र शान्तिवार्ताको सम्भावना अनुमान गर्न सकिने स्थिति छैन । 

तर, पश्चिमा सहयोगीहरूले चाहेको रणनीतिअनुरूप किभ अघि बढ्ने सम्भावना बढी छ र त्यो उनीहरूको हितमा हुन सक्छ वा किभको भन्न सकिन्न ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro